बैदेशिक रोजगारको लागि युएई पुगेका नेपाली युवतीहरुले मदिरा सेवन गरि भएको ग्याङ फाइटबाट एक नेपाली युवतीको ज्यान गएको छ भने तीन जना नेपाली युवतीहरु घाइते भएका छन् ।
युएयईको शारजाहस्थित एउटै कम्पनीमा कार्यरत युवतीहरु बीच भएको विवादमा नुवाकोटकी सबिना तमाङले चक्कु प्रहार गर्दा काठमाडौँकी सिर्जना बरालको मृत्यु भएको छ । सबिनाको चक्कु प्रहार बाट गम्भिर घाइते भएकी सिर्जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
बिहीबार भएको उक्त झगडाको कारण ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएका छन् । घाइते तिनै जनाको उपचार भइरहेको छ । चक्कु प्रहारबाट घाइते भएकी ममता चौधरीको अवस्था गम्भिर रहेको छ । सामान्य घाइते भएका आशा र सलिनाको उपचार पछि आफ्नै क्याम्पमा फर्किएका छन् । मिडियाएनपी बाट










