सभामुख कृष्णबहादुर महरा शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा वलीलाई भेट गरी स्वास्थ्य लाभको कामना दिएका छन् ।
सोमबार साँझ ८ बजे शिक्षण अस्पताल महाराजगञ्ज पुगेका सभामुख महराले प्रधानमन्त्री वलीलाई भेट गरी स्वास्थ्य लाभको कामना गरेका हुन् ।
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उपचारमा रहेका डाक्टरहरुले आफूलाई बताएको सभामुख महराले बताए।










