‘प्रधानमन्त्री हँसमुख हुनुहुन्छ,’

सोमबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार बिहान विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई भर्ना गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले आज बिहान गरिएको उनको रगत परीक्षण र छातीको एक्सरेको रिपोर्ट सकारात्मक आएको जनाएको छ।

प्रधानमन्त्रीको उपचारमा प्रा.डा. अरूण सायमी नेतृत्वको चिकित्सकीय टोली संलग्न छ। प्रधानामन्त्री स्वास्थ्य सुधारोन्मुख भएपछि केही भिभिआइपी र आफन्तलाई उनीसँग भेटघाट गर्न दिइएको छ। पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई आज बिहान शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका छन्।

भेटेर फर्किएपछि उनले प्रधानमन्त्रीसँग दोहोरो कुराकानी भएको बताए। ‘प्रधानमन्त्री हँसमुख हुनुहुन्छ,’ भट्टराईले भने। आजै बिहान प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, कानुन मन्त्री भानुभक्त ढकाल, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि प्रधानमन्त्री ओलीलाई  भेटेका छन्।

चिकित्सकको टोलीले उनलाई केही दिन अस्पतालमै राख्ने बताएको छ। केही दिनयता रूघाज्वरोसँगै खोकीले बिरामी भएका प्रधानमन्त्रीलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो।सेतोपाटीबाट