काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको दोषी पत्ता लगाउन प्रहरीले सयौं व्यक्तिको डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ ।

घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तको समेत डिएनए परीक्षण गर्न लागिएको हो । आज डिएनए परीक्षणका लागि थप चारजनाको रगत परीक्षण गर्न लागिएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । अनुसन्धानका क्रममा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिहरुको डिएनए परीक्षण गर्न लागिएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताउनु भयो । निर्मला पन्त प्रकरणमा आधा दर्जन छानविन समिति गठन भए पनि समितिले अहिलेसम्म दोषी पत्ता लगाउन सकेको छैन ।।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि गरिएको छानबिन प्रतिवेदनले निर्मला पन्त हत्याको मुख्य दोषी तत्कालीन एसपी डिल्लीराज बिष्ट, प्रहरी निरीक्षक जगदीश भट्ट र बम दिदीबहिनीलाई मानेको छ । एसपी बिष्ट र प्रहरी निरीक्षक भट्ट बर्खास्तमा परिसकेका छन् । जनता समाचार बाट