काठमाडौं– नेपाली कांग्रेसमा प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीका कार्यकर्ताको हत्याप्रति तिब्र विरोध जनाएका छन्।
शनिबार सर्लाहीमा भएको झडपमा कांग्रेस कार्यकर्ताको मृत्यु भएको भन्दै उनले ट्विट गरेका छन्– 'रोल्पामा रोहित पुनपछि सर्लाहीमा आज अर्का कांग्रेस कार्यकर्ता रामविलास महतो मारिएको घटनाको तिब्र विरोध गर्दछु!'
उनले द्वन्द्वका बेला अलग कुरा भए पनि कम्युनिस्ट पार्टी सरकारमा रहेका बेला कार्यकर्ताको हातमा बन्दुक कहाँबाट पुग्दैछ भनी प्रश्न समेत गरेका छन्।

नेपाल लाइभ बाट साभार










