झापाली  ‘प्रचण्ड’ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नभइ प्रचण्डको भुमिकामा देखिने हाँस्य अभिनेता घनश्याम गौतम हुन् । उनी २०५१ सालदेखि निरन्तर कलाकारितामा सक्रिय छन । झापा जिल्लाको गौरादह, (जोरघरें) मा जन्मिएका गौतमले बि.स.२०५१ साल देखी कलाकारिता यात्रा सुरु गरेका हुन्।

हातेमालो सञ्चार बाट हातेमालो रेडियो कार्यक्रम हुँदै सर्वनाम नाट्य संस्था बाट सयौँ सडक नाटक गरी एम.आर्ट थियटर बाट अभिनय कोर्ष पुरा गरी रंगमञ्चमा होमिएका हुन्। अभियान थियटरका अध्यक्ष रहेका कलाकार गौतम रंगमञ्च बाट आए पनि अहिले उनि हाँस्य ब्यंग कलाकारको रुपमा आफ्नो परिचय बनाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सन् १९९९ मा नयाँ दिल्ली भारतमा सम्पन्न भएको तेस्रो अन्तराष्ट्रिय बाल नाटक महोत्सबमा नेपालको तर्फबाट गोल्ड मेडल बिजेता कलाकार गौतम बि स २०५९ मा नाटक “जिउँदा अवशेसहरु“ मा उत्कृष्ट चरित्र अभिनेता बाट राष्ट्रिय पुरस्कार पनि पाएका थिए ।

बि स २०६७ साल बाट सानो पर्दामा प्रचण्ड बनेर टेलिभिजन मार्फत उदाएका गौतम टेलिचलचित्र “झ्याँईकुटी झ्याँई“, सिस्नुपानी, मेरी बास्सै, सुनौलौ बिहानी, खास खुस, ट्वाक्क टुक्क रिट्नर्स, कमेडि गाईज,  टेन टु फाइभ र गोलमाल मा समेत अभिनय गरेका छन्, मेरी बास्सैमा प्रचण्ड बनेपछि चर्चाको शिखरमा पुगेका गौतम अहिले एन.के टिभि बाट प्रसारण हुने ट्वाकेन्द्र निवासमा ट्वाकेन्द्र काका बनेर कमेडि टक शो कार्यक्रम चलाइ रहेका छन ।हेर्नुहोस भिडियो

https://youtu.be/6fRyGHAuAbQ