काठमाडौं– प्रदेश नं ३ ले ‘एक विद्यालय एक नर्स कार्यक्रम सुरु गरेको छ । उक्त प्रदेशको सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा विभिन्न २० विद्यालयका लागि नर्स करारमा लिने भएको छ।

सामाजिक विकास मन्त्रालयले २०७५\०७६ को नीति तथा कार्यक्रममा ‘एक विद्यालय एक नर्स’ पारित गरेको थियो । सोही कार्यक्रम कार्यान्वयनमा ल्याउँदै बुधबार नर्सिङ जनशक्तिका लागि भर्ना खोलेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश नं ३ अन्तर्गतका २० विद्यालयका लागि करारमा नर्स लिइने भएको छ । नर्सिङ विषयमा प्रवीणत प्रमाण पत्र तह (पिसिएल) गरेकाले आवेदन दिन पाउनेछन् । १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने बताइएको छ।