दमक/झापाको दमक चोक आकाशेपुलमा ट्राफिक नियमहरु सम्बन्धिको जनचेतनाको बोर्ड राखिएको छ । लायन्स क्लव अफ माउण्ट एभरेष्ट, युनाइटेड र शुभकामना साकोसले दुर्घटना न्यूनिकरणमा सहयोग पुर्याउन बोर्ड राखिएको माउण्ट एभरेष्टका अध्यक्ष चन्द्र गजमेरले बताए ।
इलाका ट्राफिक प्रहरी कार्यालय दमकको सहकार्यमा दुर्घटना न्यूनिकरण कार्यक्रम अन्र्तगत सबैले देख्ने ठाँउमा बोर्ड राखिएको जनाईएको छ । एक कार्यक्रमबीच बोर्ड राखिएको थियो ।
लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वानका डिस्ट्रिक गर्वनर अनन्तप्रसाद भेटवाल, निवर्तमान गर्वनर लिला ढुंगेल, जोन चियर पर्सन रुद्र गौतम, दमक यातायात ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नं. २ का वडाध्यक्ष प्रजापती सापकोटा, इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहाल लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका निवर्तमान अध्यक्ष एवं जोन चियर पर्सन रुद्रप्रसाद गौतमले आफ्नो हामेटाउनमा अन्तराष्ट्रिय पीन पाएकाछन् । लायन्सको अन्तराष्ट्रिय पिन पाएकाहुन् । उनलाइ गर्वनर भेटवालले पिन लगाइदिएका थिए ।











