सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिताकुमारी राउतलाई नक्कली जन्मदर्ता गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

उदयपुर प्रहरीले अर्काको बच्चा आफ्नो हो भनी जन्म दर्ता गरेको उजुरी परेपछि ४४ वर्षीया राउतलाई सोमबार कटारीबाट पक्राउ गरेको हो। 'अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौं,' उदयरपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले भने।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अर्कैको बच्चा आफ्नो हो भनी वडा कार्यालयमा दर्ता गरेपछि न्यायाधीश राउतका बुवाले बुहारीविरूद्ध प्रहरीमा उजुरी दिएका थिए।

न्यायाधीश राउतले आफ्नो हस्ताक्षर कीर्ते गरेर ललिताले आफन्तको बच्चा आफूहरूको हो भन्दै जन्मदर्ता गरेको बताए।

२०६१ सालमा विवाह गरेका प्रकाशमान र ललिताका सन्तान छैनन।