गर्मीको मौसम शुरु हुदै छ धेरै जस्तो मानिसहरु घरमा आउने बितिकै चिसो पानी खाने गर्दछन् । यसरी घरमा आउने बितिकै पानी पिउनु हुदैन केहिबेर आराम गरेर पानी पिउनु पर्दछ । त्यस्तै धेरै मानिसहरु पानी जहाँ जसरी पनि पिउने गर्दछन् तर पानी पिउने सहि तरिका र सहि समय हुन्छ यस बारे धेरैलाई जानकारी हुदैन ।
पानी पिउने सहि तरीका र सहि समय सम्बन्धि बिशेष जानकारी ः
–बोटलबाट सिधै पानी नपिउनुहोस् पानी पिउदा गिलासमा पानी राखेर पिउनु पर्दछ ।
–पानी धेरै चिसो नपिउनुहोस् यसले शरीरलाई कमजोर बनाउन्छ । जसका कारण हृदयघात,मिगौला सम्बन्धि रोगको खतरा बढी हुन्छ ।
–खाना खानु भन्दा आधा घन्टा अगाडी पानी पिउनु पर्दछ । यसले खाना पचाउन मदत गर्दछ ।
–बिरामी परेको बेला बढी भन्दा बढी पानी पिउनु पर्दछ । यसले शरीरमा रोगसंग लड्ने शक्ति प्रदान गर्दछ ।
–गर्मीको मौसममा घरबाट बाहिर निस्किदा पानी पियर निस्कनु पर्दछ ।
–पानी कहिले उठेर पिउनु हुदैन । पानी पिउदा जहिले आरामसंग बसेर गिलासबाट पिउनु पर्दछ ।



