कात्तिक १५, २०७५
काठमाडौं – महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पूर्ण सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा पूर्ण सुधार आएको र उनको डिस्र्चाजको तयारी भइरहेको अस्पतालका कार्यकारी निर्देशक प्राध्यपक डाक्टर कृष्ण श्रेष्ठले लोकान्तरलाई बताए । ‘उहाँको स्वास्थ्य अवस्थामा पूर्ण सुधार आइसकेको छ । अब डिस्चार्जका लागि उहाँको उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल हुन बाँकी छ । मेडिकल टीमले निर्णय गरेपछि डिस्चार्ज हुनुहुनेछ ।’










