आलोक यादव , १५ कार्तिक,२०७५ बिष्णुपुर, सिरहाको बसपिटट्टामा नामथर वतन नखुलेको वेवारिसे महिलाको मृत लाश फेला परेको छ । नामथर वतन नखुलेको वेवारिसे महिलाको मृत लाश सिरहा नगरपालिका वाडा न.६ कमलाखोलाको पुर्व रहेको बाँधको छेउमा रहेको रहरिको खेतमा फेला परेको छ ।नरायण गोइतले आफ्नो खेतमा लगाएको रहरिको खेतमा अन्दाजि बर्ष २४÷२५ कि मृत महिलाको पोष्ट मार्टमको लागि लाश जाँच मुचुल्का उठाइ प्ररारम्भिक अनुसन्धान पुरा गरि सिरहा जिल्ला स्वास्थय कर्यालयमा लगेको र हाल सिरहाको शव गृहमा राखिएको जिल्ला प्रहरि कार्यालय सिरहाले जनाएको छ ।

मृतक महिला वर्ण कालो,उचाइ ५ फिट ५ इन्च,कालो रगँको स्विटर लगाएको, गुलावी छिर्के मिर्के छाप भएको कुर्ता, कालो रङ्गको सुरुवाल, निलो रङ्गको कट्टु, आकासे कलरको सल घाटिमा बांधेको, दुबै कानमा पहेलो रङ्गको बाली, बाया नाकमा पहेलो रङ्गको टप, दाया हातको नाडीमा सेतो रङ्गको बालिया बाया हातको नाडीमा डोरो९धागो० निधारमा रातो रङ्गको टिका नङमा रातो पालिस लगाएकी हुलिया भएको र सो मृतक महिलालाइ चिन्नुहुनेले सनाखतको लागि जिल्ला अस्पताल सिरहामा समेत सम्पर्क गर्न अनुरोध गरेको छ । उक्त लाश हिजो बुधबार दिउँसो दुइ बजे फेला परेको समेत जानकारि गराएको छ ।