नेपाली कांग्रेसका युवा नेता गगन थापाले सभापति शेरबहादुर देउवालाई सभापतिमा नउठ्न चेतावनी दिएका छन् । उनले पुन जवरजस्ती गरेर उठे हराउने चेतावनी समेत दिएका छन् । नेता थापाले आगामी महाधिवेशनमा पार्टी सभापति देउवाले पुन उम्मेदवारी दिन नहुने बताउनु भयो । ‘पार्टी जीवनको लागि अब उहाँ सभापति बन्नु हुन्न’, थापाले भन्नुभयो,‘यदी पुनः सभापतिमा उठ्नु भयो भने हराउँछौं।’

आगामी मंसिरमा हुने महासमिति बैठकले पार्टी विधान संघीय संरचना अनुसार परिमार्जन गर्न लागेको बताउँदै उहाले त्यस पछाडिका संरचनामा निर्वाचन नगरि मनोनयन गरेर पार्टी संरचना नेतृत्वले कब्जा गर्ने खतरा पनि उत्तिकै रहेको तर्फ औल्याउनु भयो । पार्टी भित्र उमेर हदको कुरा महासमिति बैठकमा उठाउने नेता थापाको भनाई छ । ३० वर्ष विद्यार्थी, युवालाई ४० र पार्टीको कार्यकारी पदमा बस्नको लागि ७० वर्षको हद लगाउनु पर्ने उहाको सुझाव छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
जनता टाइम्स बाट साभार