शायद गरिबको पिडा र मर्म गरिबले नै बुझ्ने रैछन् । अशक्त आमाबुवा पाल्न काठमाडौंमा गुडिरहेको गाडी, फिल्म हल, मान्छेको भिडभाडमा सारंगी बजाउँदै हिड्ने जनक गन्धर्वलाई हामीले भेट्यौं । भाईलाई स्कुल पढाउन र आमा बुवालाई सुखसँग पाल्न १३ बर्षे बालकले के के गरेनन् । दुनियाँको लात खाए अनि बात खाए | दाङमा जनकको आफ्नै घर छैन । अर्काको घरमा बास बस्दा छिमेकीले हेप्छन्, बसेको घरका मान्छेले जाँड रक्सी खाई कुट्छन् ।

मिडियामा एक महिनाभन्दा लामो समयदेखि म पढ्न चाहन्छु स्कुल पढाईदेऊ भनिरहेका जनकले सबैलाई रुवाए । पढेर ठुलो मान्छे बनी आफु जस्तै दुखीहरुलाई सेवा गर्न चाहने जनकलाई कस्ले पढाउँछ ? ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धन हुनेसँग मन नभएपनि जनकलाई नयाँ बानेश्वरमा ठेलामा मःमः बेच्ने गायक कपिल पौडेलले १२ हजार सहयोग गरे । जनकको घर बनोस भनेर कपिलले यति राम्रो काम गरे |

जनकको घर निर्माणका लागि कलाकार शिशिर भण्डारीले अभियान थालेका छन् । कृपया सबैले सहयोग गरौं । आर्थिक सहयोग गर्न नसक्नेहरुले यो भिडियो सेयर गरौं । शिशिर भण्डारीलाई सम्पर्क गर्न ९८४९५९६३१५(9849596315) मा फोन गर्नुहोला ।

एक एक मिलेर सागर बन्छ । तपाई सबैको सहयोगले एउटा गरिब बच्चाले शिक्षा पाउँछन् अनि उनको भविष्य बन्छ ।

https://youtu.be/fIez2HPWtOw