प्रविधिले असम्भव चिजलाई पनि सम्भव बनाई दिएको छ । त्यस्तै एक असम्भव काम सम्भव भएको छ अमेरिकामा । एक जोडि लेस्बियनले पालै पालौ गर्भमा शिशु राखेर जन्म दिएका छन् । दुई आमाको गर्भमो हुर्किएर जन्मिएको सम्भवत यो पहिलो बच्चा हो । अमेरिकामा एक समलिंगी जोडीले पालैपालो आफ्नो गर्भमा बच्चा हुर्काएर स्वास्थ्य शिशु जन्माएका हुन् ।
शिशु जन्माउनका लागि यो जोडीले आईभीएफ ट्रीटमेन्टको सहायता लिएको थियो ।अमेरिकावाट प्रकाशित द डेली मेलमा छापिएको समाचारअनुसार, टेक्ससमा बस्ने एश्ले र ब्लिस कोल्टरले शिशु जन्माउन यस्तो उपाय अपनाएका हुन् । तर यो प्रकृया त्यति सस्तो भने छैन । उनीहरुले त्यसका लागि ८५ सय डलर खर्च गरे । शिशु जन्माउनका लागि अण्डा ब्लिसबाट लिइयो र प्रयोगशालामा डोनरको वीर्य लिएर सेचन गरियो ।
अनि त्यो भ्रूण सुरुमा ब्लिसको गर्भमा हालियो । तर ब्लिस शिशुलाई गर्भमा राख्न चाहँदिनथिइन् । त्यसैले भ्रूण निकालेर एश्लेको गर्भमा राखियो । अनि यही वर्षको जुन महिनामा एश्लेले स्वस्थ शिशुलाई जन्म दिइन् । एश्ले र ब्लिसको भेटघाट ६ वर्षअघि भएको थियो र उनले जुन २०१५ मा बिहे गरेका थिए । दुवै आमा बन्न चाहन्थे तर लेस्बियन भएकाले गर्भवती हुन सकेनन् । त्यसैले उनीहरूले आईभीएफको सहारा लिए ।
एजेन्सी










