बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो सेक्स लाइफका कारण चर्चामा छिन् । प्राय: सेक्सका बारेमा मुख नखोल्ने प्रियंकाले यसपटक एउटा टक शोमा नयाँ रहस्योद्घाटन गरेकी छिन् । ‘कफी विद करण’ मा प्रस्तुत भएकी प्रियंकालाई करणले उनको सेक्स लाइफका बारेमा जिज्ञासा राख्दै विभिन्न प्रश्न सोधे । जस्तो, ‘के तपाईंले कहिले लाइट अन गरेर सेक्स गर्नुभएको छ ?, के तपाईंले फोन सेक्स गर्नुभएको छ ? के ब्रेकअपपछि ब्वाइफ्रेन्डलाई चुम्बन गर्नुभएको छ ? के बाथरुममा कसैसँग नुहाउनु भएको छ ?’ यी सबै प्रश्नको जवाफ प्रियंकाले ‘छ’ भनेर दिइन् । यसको अर्थ के हो भने प्रियंकाले फोन सेक्सदेखि लिएर कसैसँग बाथरुममा सँगै नुहाइसकेकी छिन् । उनको यो जवाफ सुनेर करण समेत आश्चर्यमा परेका थिए । त्यसक्रममा प्रियंकाले उक्त कार्यक्रम आफ्नी आमाले भने हेर्न नहुने उल्लेख गरेकी थिइन् ।
लामो समयपछि चलचित्र ‘द मदर’ मार्फत दर्शकमाझ आउन लागेकी अभिनेत्री रविना टण्डनले उक्त चलचित्र महिलाहरूमाथि हुने हिंसामा आधारित भएको खुलाशा गरेकी छिन् । चलचित्रको छायांकनका क्रममै उनी चरित्रमा यति गम्भीर रूपमा डुबेकी थिइन्, जसका कारण छायांकन सम्पन्न भएको लामो समयसम्म पनि उनलाई उक्त चरित्रबाट मुक्त हुन गाह्रो भैरहेको छ । रविनाका अनुसार चलचित्रमा बलात्कारका थुप्रै दृश्य छन् । उनले भनेकी छिन्— ‘जब हामीले सबैभन्दा डरलाग्दो दृश्यको छायांकन गर्‍यौं, म तीन दिनसम्म राम्रोसँग सुत्न सकिन । त्यसबेला मेरो हालत अझ बिग्रियो, जब उक्त दृश्यको डबिङ गरियो ।’ त्यसो त रविनाले उक्त चलचित्र एउटा वास्तविक सामूहिक बलात्कारमा आधारित भएको कुरालाई नकारेकी छिन् । ‘यो चलचित्र दिल्लीमा केन्द्रित छ, रवीना भन्छिन्—‘तर यो चलचित्रको उक्त घटनासँग कुनै सम्बन्ध छैन ।’

बलिउड अभिनेता शाहरूख खानले आज शुक्रबारदेखि प्रदर्शनमा आउने आफ्नो चलचित्र ‘रइस’ को प्रोमोसनका लागि मुम्बईदेखि दिल्लीसम्मको रेल यात्रा गरेका छन् । यो चलचित्रमा रइस खानको चरित्र निकै सामान्य छ । त्यही चरित्रलाई एउटा स्वरूप दिने क्रममा शाहरूख उक्त रेल यात्रा गर्न तयार भएका हुन् । शाहरूखले हालै मात्र चलचित्र उद्योगमा २५ वर्ष पूरा गरेका छन् । यो २५ वर्षमा उनले कहिल्लै रेलमा यति लामो यात्रा गरेका थिएनन् । उक्त रेलमा शाहरूखमात्र होइन, ‘रइस’ को सम्पूर्ण युनिट थियो । रइसको टिम गत सोमबार अगस्त क्रान्ति एक्सप्रेसबाट यात्रा गर्दै मंगलबार बिहान ११ बजे दिल्ली पुगेको हो ।

बलिउड अभिनेता ऋतिक रोशनले आफ्नी पूर्वपत्नी सुजैन खानसँग रात बिताएको कुरा अहिले चर्चामा छ । पारपाचुके भैसकेका पति–पत्नीले कसरी रात बिताए भन्ने जिज्ञासा हुनु स्वभाविक हो । वास्तवमा ऋतिक आफ्ना सन्तानका कारण कतिपय समारोहमा सुजैनसँगै प्रस्तुत भैरहेका हुन्छन् । हालैको एक रात सुजैन रितिकको घर पुगिन्, रातभरी त्यहीं बसिन् । रितिककी बहिनीको जन्मदिन तथा आज शुक्रबार प्रदर्शनमा आउने चलचित्र ‘काबिल’ को रिलिजको अवसर पारेर आयोजित समारोहका सिलसिलामा सुजैन त्यहाँ पुगेकी हुन्, जहाँ निर्देशक सञ्जय गुप्ता, नायिका यामी गौतम तथा नजिकका केही साथीहरू उपस्थित थिए । ऋतिककै निमन्त्रणामा सुजैन त्यहाँ पुगेकी थिइन् । भनिन्छ, रातभरी चलेको पार्टीमा ऋतिक र सुजैन मन खोलेर नाचेका थिए । बिहान पाँच बजेमात्र सुजैन ऋतिकको घरबाट बाहिरिएकी थिइन् ।

बलिउडका पुराना अभिनेता कबिर वेदी आफूभन्दा २९ वर्ष कान्छी युवतीसँग चौथो विवाह गरेको समाचार सार्वजनिक भएपछि चर्चामा छन् । ७१ वर्षीय वेदीले आफ्नो ७० औं बर्थडेभन्दा एक दिनअघि मात्र २०१६ मा आफूभन्दा २९ वर्ष कान्छी परविन दोसान्जसँग विवाह गरेका थिए । रमाइलो कुरा के छ भने वेदीकी यी चौथी श्रीमती परविन (४२ वर्ष) उनकी छोरी पूजा वेदी (४६ वर्ष) भन्दा चार वर्ष कान्छी छिन् । परवीन बेलायती मूलकी मोडल तथा अभिनेत्री हुन्, जो कबिरसँग १० वर्षसम्म लिभ इन रिलेसनसिपमा रहँदै आएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah