प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट बालुवाटर फर्किदैछन् । पाँच दिनअघि अस्पताल भर्ना भएका ओली केहीबेरमा बालुवाटार फर्किन लागेका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

अघिल्लो शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । उनको महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा उपचार भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओलीलाई  ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार हस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न थियो ।