प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा पूर्ण लाभ भएपछि अस्पतालबाट सरकारी निवास बालुवाटार फर्किएका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो उपचारमा संलग्न चिकित्सकहरुप्रति विषेश आभार प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने पार्टी, नेता, कार्यकर्ता, कर्मचारी, सुरक्षा निकायलगायत शुभचिन्तक सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई शरिरमा चिनीको मात्र असन्तुलित देखिएपछि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो ।










