संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायतको भिसा च्यातिएको अवस्थामा राहादानी फेला परेको छ।
आगामी नोभेम्वर ५ देखि ७ तारिखसम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागि हुन वेलायत आउन लागेका मन्त्री अधिकारीको राहादानीमा वेलायती दूतावासको लापर्वाही गरेको कारणले भिसा रद्द भएको आजको नागरिकमा समाचार छ ।
स्रोतका अनुसार मन्त्री अधिकारीको राहदानी संकलन गर्न काठमाडौंस्थित भिएचएफ कार्यालय पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीलाई च्यातिएको र रातोमसीले क्रस गरेर भिसा थमाए पछि यो रहस्य बाहिर आएको हो ।
भिसा रद्द भएको अवस्थामा भेटे पछि यस बिषयमा यथार्थ बुझ्न पर्यटन मन्त्रालयका कर्मचारीले ललितपुर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले काठमाडौँ स्थित भिसा वितरक सस्था भीएचएफ गोलोवलको अफिस पुगेर मुचुल्का उतारेको थियो। शुरुमा मुचुल्कामा हस्ताक्षर गर्न नमानेका भीएचएफका कर्मचारीलाई प्रहरीले कानुनी दयारामा ल्याउने चेतावनी दिएपछि गल्ति स्वीकार गर्दै हस्ताक्षर गरी आइतवारसम्म पुनः अर्को भिसा इसु गर्ने बचन दिएका छन।
मन्त्रालय स्रोतका अनुसार मन्त्री अधिकारी बाहेक अन्य कर्मचारीले बिहिवार नै भिसा हात पारेका थिए। मन्त्रीको भिसा नआए पछि मन्त्रालयका कर्मचारी बिहानैदेखि भीएचएफको कार्यालयमा भिसा कुरेर बसेका थिए। नोभेम्वर १ मा जारि गरिएको अधिकारीको भिसा किन रातोमसीले क्रस गरिएको हो भन्ने अझै प्रष्ट हुन सकेको छैन। मन्त्री अधिकारीको सचिवालयले भिसा च्यातिएको र रातो मसीले क्रस गरेको पाइएको बताएको छ। जनता टाइम्स बाट










