दोलखाको कालीञ्चोकमा शनिबारबाट केबुलकार सञ्चालनमा आएको छ ।
दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा शनिबारबाट व्यवशायीक रुपमै केवलकार सञ्चालनमा आएको हो । योसँगै दर्शनार्थी एवम् धार्मिक पर्यटकहरुलाई निकै सहज भएको छ ।
अब पर्यटकहरु कालीञ्चोक गाउँपालिकाको कुरी हुँदै कालीञ्चोकसम्म जम्मा पाँच सयमा यात्रा गर्न सक्ने भएका छन् । कालीञ्चोक क्षेत्रका मानिसलाई भने केही सहुलियत हुने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ ।
केबलकारको चारवटा कारहरु सञ्चालनमा रहेका हुन् । कालीञ्चोक दर्शन लिमिटेडले साँढे दुई वर्षअघि निर्माण शुरु गरेको कालीञ्चोक केबुलकार करीब ४५ करोडको लागतमा सम्पन्न भएकोे हो ।










