काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्रका विकृतिलाई अन्त्य गरे अघि बढे मात्र कम्युनिष्ट पार्टी सफल हुने बताएका छन । शनिबार सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा नेता नेपालले कामको लागि हामी गम्भीर बन्दैनौं, हाम्रो चिन्तन मनन कम छ , हामी धेरै बोल्छौ कम सुन्छौ भन्दै पार्टी कार्यकर्तालाई जनताको सम्स्यामा ध्यानदिन आग्रह गरेका छन । हो एकीकरणपछि पार्टीभित्र धेरै काम गर्न बाँकी रहेको ।

‘पार्टीभित्र प्रदेश, जिल्ला र स्थानीय तहका कमिटी र जनवर्गीय संगठन एकीकरण मात्र होइन, अन्य थुप्रै कमिटी बनाउनु पर्नेछ नेता नेपालको भनाइ थियो । नेता नेपालले विभिन्न विभाग, आयोग केन्द्रीय अनुशासन आयोग र ज्येष्ठ नागरिक मञ्च लगायत निकाय बनाउनु पर्ने काम छिट्टै पुराहुने विश्वास व्यक्त गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता नेपालले पार्टी भित्रका विकृति खोजी गरि खराब प्रवृतिको आलोचना गर्नुपर्छ ,सत्तामा पुगेको पार्टी सबैभन्दा खराबी सत्ताको दुरुपयोग हो, त्यसविरुद्ध पार्टीले प्रशिक्षण गर्नुपर्छ भन्दै नेतृत्वको समेत ध्यानाकर्षण गराए । धेरै दिन बित्यो धेरै समय बित्यो तर पार्टी एकताको काम सम्पन्न भएन, मेरो जोड विधि र परिपाटीको पालनामा हुनुपर्छ भन्ने नै हो योग्य समक्षमले ठाउँ पाउनुपर्छ , कामको मूल्यांकन गर्नुपर्छ भन्ने नै हो नेता नेपालको भनाई थियो ।

यस काठमान्डू बाट