काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा पूर्ण रुपमा सुधार आएको छ । तर, चिकित्सकले केही दिन भेटघाट र कार्यक्रममा व्यस्त हुन नमिल्ने भनेपछि प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा आराम गरिरहनु भएको छ ।
गएको सोमबार मौसमी रुघाखोकी र श्वासप्रश्वासमा देखिएको समस्याले ग्रसित हुनुभएका प्रधानमन्त्री ओली ५ दिनको अस्पताल बसाइपछि बालुवाटार फर्किनु भएको थियो । उहाँको स्वास्थ्यमा आएको समस्याले प्रधानमन्त्री कार्यालयबाट हुने नियमित काम भएतापनि औपचारिक कार्यक्रम, बैठक प्रभावित भएका छन् । बाक्लो आवातजावत हुने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समेत अहिले भेटघाटमा केही कडाइ गरिएको छ ।
उहाँको स्वास्थ्यअस्थालाई मध्यनजर गर्दै सक्रमण हुन नदिन भेटघाट कम गराइएको प्रधाानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिनुभयो । आजबाट भने नियमित भेटघाट खुकुलो पारिएको उहाँले बताउनुभयो । जनता समाचार बाट










