काठमाडौं–गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले मायालाई नियन्त्रणमा लिएको हो । शरद गौचन हत्या प्रकरणमा उनको पनि संलग्नता देखिएकाले नियन्त्रणमा लिइएको महाशाखाका एक अधिकृतले जानकारी दिए ।
बस्तेतलाई प्रहरीले यसअघिनै सोही प्रकरणमा पक्राउ गरिसकेको छ ।
गतवर्षको असोजमा वानेश्वरमा भएको गौचनको हत्या समीरमानकै योजनामा भएको प्रहरीले दाबी गर्दै आएको छ । रातो पाटि बाट साभार










