महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले एक साताभित्र हत्यारा पक्राउ नपरे अनिश्चितकालिन धर्ना बस्ने घोषणा गरेका छन् ।

आइतबार बिहान उल्टाखामस्थित घरमा पत्रकार सम्मेलन गरेर बुवाआमासहित परिवारले सरकारले न्याय दिन ढिलाइ गरिरहेको भन्दै साताभित्रमा छोरीका वास्तविक हत्यारा पक्राउ नपरे अनिश्चितकालिन धर्ना बस्ने घोषणा गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘कात्तिक २५ गतेसम्म वास्तविक हत्यारा सार्वजनिक हुन्छन्, की हुन्न हेर्छौँ’, पत्रकार सम्मेलनमा निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘२५ गतेसम्म पनि सरकारले निर्मलाका हत्यारा सार्वजनिक नगरे अनिश्चितकालिन धर्ना सुरु गर्छौँ ।’

उनले जिल्ला प्रशासन कार्यालयमा आफू परिवारसहित अनिश्चितकालिन धर्नामा बस्ने घोषणा गरेका हुन् ।