दमक/झापाको दमक नजिक कमल गाँउपालिका वडा नं. ५ साविक लखनपुर ३ मा कृष्णप्रसाद पोखरेलको ग्वालीमा आइतवार बिहान आगलागि भएको छ । काठको ग्वालीमा पराल समेत रहेको र सबै नष्ट भएको जनाईएको छ ।
बिहान खोले पकाउने क्रममा बालिएको आगोबाट नै ग्वालीमा आगो फैलिएको हुनसक्ने जनाईएको छ । बिहान साढे ५ बजेतिर लागेको आगो दमक र गौरादह नगरबालिकाको दमकलले आधाघण्टा लगाएर नियण्त्रणमा लिएका थिए ।











