पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्व मन्त्री एवं मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधनमा गहिरो शोक व्यक्त गरेका छन् ।
पूर्वराजाले तुलाधरको आत्माको चीर शान्तिको कामनासँगै परिवारजनमा समवेदना पनि प्रकट गरेका उनको सचिवालयले जनाएको छ ।
मानवअधिकारवादी अभियन्ता समेत रहेका तुलाधरको आइतबार दिउँसो उपचारका क्रममा नर्भिक अस्पताल काठमाडौंमा निधन भएको थियो।
उनको सोमबार दिउँसो शोभा भगवतीमा अन्त्यष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।










