नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलबिरे मन्दिरको मोडबाट सोमबार बिहान फेरि मालबाहक ट्रक खसेको छ ।
भैरहवाबाट काठमाडौंका लागि प्याज लोड लिएर आएको लु २ ख १८४ नं। को मालबाहक ट्रक ईच्छाकामना गाँउपालिका ६ जलदेवी मन्दिरको मोडबाट करिब १ सय मिटर तल खसेको हो ।
उक्त दुर्घटनामा ९ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुको भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको थियो ।
स्मरण रहोस् उक्त स्थान दुर्घटनाको उच्च जोखिम स्थल मानिन्छ । उक्त स्थानमा यसपालिको दशैंको टिकाको दिन नै पूर्वबाट आएको यात्रुवाहक बस खस्दा केहीको मृत्यु हुनुका साथै दर्जनौ घाइते भएका थिए ।










