बुधनगर : भारतको बथनाबाट विराटनगरको बुधनगरस्थित कष्टम याडसम्म रेल आइपुगेको छ।

आठ किलोमिटर दूरी ४५ मिनेट लगाएर भारतीय रेल बुधनगरको कष्टम याडमा आइपुगेको हो। आइतबार दिउँसो पौने दुई बजे बथनाबाट गुडेको रेल कष्टम याडमा आइपुग्दा पौने ३ बजेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिलो चरणमा आठ किलोमिटर मात्र रेलमार्ग निर्माण भइसकेको छ। यो रेल मोरङको कटहरी गाउँपालिकासम्म पुग्छ। तर कटहरी पुग्नका लागि अझै आठ किलोमिटर रेलमार्ग निर्माणको काम बाँकी छ।

निर्माण कम्पनीले मुआब्जालगायत विवाद समाधान भएमा अबको डेढ वर्षमै रेल कटहरी गाउँपालीका पुग्ने दाबी गरेको छ। न्यू बिजी रेललाइन प्रोजेक्ट जोगबनी विराटनगरका प्रोजेक्ट हेड आश्विनी कुमारले यस्तो दाबी गरेका हुन्।

‘नेपालतर्फको मुआब्जा विवाद समाधान भए आगामी डेढ वर्षमा रेल कटहरी पुर्याउँछौँ’, पोजेक्ट हेड कुमारले भने। रेलमा भारतीय सरकार तथा भारतीय रेलवेका प्रतिनिधि सवार थिए। प्रोजेक्ट हेड कुमारका अनुसार आइतबार ‘बेस ट्रायल’का लागि रेल नेपालको बुधनगरमा ल्याइएको हो।

अन्नपूर्ण बाट

https://youtu.be/tpt5z3TFcVI