विराटनगर, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल हेरफेरको समय नभएको बताएका छन्। विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले यही मन्त्रिमण्डलले गियर बदलेर काम गर्ने बताए ।
केही महिनाभित्रै जनतालाई सरकारका कार्यको अनुभुति हुने दाबी प्रचण्डले गरे। उद्देश्यअनुरुप तयारीको कामलाई राम्रैसँग अघि बढाएको भन्दै उनले सरकारका कामको बचाउ गरे। उनले भने, ‘छिमेकीसँगको सम्बन्धमा सुदृढको विषय ऐतिहासिक परिघटना भएको छ।’
हिलो–मैलोले सरकारको गियर एक नम्बरमा रहेको बताउँदै उनले भने, ’अब गियर बदलिन्छ। घोषणापत्रमा भनेअनुसारका कार्य पाँच वर्षमा पुरा हुन्छ।’ पार्टी एकीकरणमा आएको ढिलाइबारे प्रचण्डले केन्द्रमा विवाद भएर पार्टी एकीकरणमा ढिलो नभएको स्पष्टीकरण दिए। उनले भने, ‘समस्या भएर ढिलो भएको होइन। पछि समस्या नआओस् भनी ढिलो गरिएको हो।’
प्रदेश नेतृत्व चयनपछि पार्टीमा भएको विवादबारे छलफलबाट निचोड निस्कने बताए। उनले भने, ‘प्रदेशको नेतृत्व प्रदेशको स्थितिअनुसार कहाँ के गर्दा उपयुक्त भनी बनाइएको हो।










