काठमाडौँ, १९ कार्तिक । बर्दियाका भैंसी व्यापारी मोहन खटिकको गोली हानी हत्या भएको पुष्टि भएको छ । सोमबार दिउँसो सार्वजनिक गरिएको पोस्टमार्टम रिपोर्ट अनुसार उनको कोखमा गोली प्रहार गरिएको पुष्टि भएको हो ।
बढैयाताल गाउँपालिका–३ गोबरियापुरका भैंसी व्यापारी ३५ वर्षीय खटिकको आइतबार राती १ बजेतिर हत्या भएको थियो । पोस्टमार्टममा उनको शरीरमा गोली भेटिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनलाई उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । दुई जनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेको परिवारले जनाएको छ ।
घटना भएको थाहा पाउनासाथ प्रहरीले नेपालगन्जबाट तालिमप्राप्त कुकुर मगाएर स्न्याफिङ गराइसकेको छ । कुकुरको सहयोगमा प्रहरीले शंकास्पद देखिएका ४ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । दैनिक नेपाल बाट










