डोल्पा, कार्तिक १९ । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । मृत्यु जानेहरुको परिचय खुलेको छैन । डोल्पाको दुनैबाट सुपानेका लागि छुटेको भे १ च १६ १० नम्बरको जीप कालगौंडाबाट भेरी नदीमा खसेको हो ।

बसमा १२ जना रहेको गाडी धनीले बताएको प्रहरीले जनाएको छ । घटनामा ७ जना पुरुष र ३ जना महिलाको ज्यान गएको हो । घाइतेको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ । उद्धारको काम चलिरहेको छ । समाचारमा देखाइएको तस्विर प्रतिकात्मक हो ।