दमक/झापाको गौरादहस्थित बैगुन्धुरा आर्युर्वेद औषधालयले धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस भब्यताकासाथ सम्पन्न गरेको छ । बैगुन्धुरा आर्युर्वेद औषधालयमा एक कार्यक्रमबीच धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाएको हो ।

गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहले आर्युबेद औषधालयले यस क्षेत्रमा पुर्याएको स्वास्थ्य सेवालाइ गुणात्मक बनाउन नगरपालिकाले थप प्रयत्न गर्दै लैजाने बताए । उनले पछिल्लो समय आर्युबेद स्वास्थ्य सेवामा आकर्षण बढेको भन्दै खुसि प्रकट गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपप्रमुख गीता भेटवाल, वडाध्यक्ष एवं स्वास्थ्यलय ब्यवस्थापन समिति अध्यक्ष सिताराम भट्टराइ, सञ्चालन तथा ब्यवस्थापन समिति सदस्य बाबुराम बस्नेत, स्थानीय चन्द्रबहादुर खड्का लगायतले बोलेका थिए ।

औषधालयका प्रमुख कविराज निरिक्षक बेदप्रकाश शर्माले यहाँबाट पाइने सेवा तथा थप गर्नु पर्ने सेवाहरुको बिषयमा जानकारी गराएका थिए । उनले यसलाइ स्तरउन्नती गर्न र सबैको आकर्षण बनाउनु पर्ने जोड दिए ।