दमक/झापाको दमक नजिक कमल गाँउपालिका साविक लखनपुर ४ दहिचोकमा अघि अपरान्ह दुर्घटना भएको छ । पल्सर मोटरसाइकल दुर्घटनामा परेको हो ।
बाटो काट्दै गरेको बाख्रा जोगाउन खोज्दा दुर्घटना भएको स्थानीयहरुले बताएकाछन् । इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहालका अनुसार मे४ प ७४२८ नम्बरको मोटरसाइकल दुर्घटना भएको जनाए । ३५ बर्षिय मनोज राइ घाइते भएको जनाइन्छ ।












