नेपाली कांग्रेसको महासमिति बैठक आगामी मंसिर २८ गतेसम्मका लागि भन्दै सारिएको छ । २८ गते बैठक पुस ३ गते सम्पन्न हुने बताइएको छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले विजयकुमार गच्छदारलाई सपसभापतिमा मनाेनित समेत गरेको छ । कांग्रेसमा आन्तरिक विवादका बीच पार्टी एकताबाट आएका नेता गच्छदारलाई उपसभापतिमा नियुक्त गर्नुका साथै महासमिति बैठक सारेको हो ।
तर रामचन्द्र पाैडेल, प्ररकासमान सिंह र अर्जुन नरसिंह केसीले पार्टीकाे यस्ताे निर्णयमा अापत्ति जनाउँदै असहमति जनाएका छन् । बाधाअड्चन फुकाउ जारी नगरिकनै निर्णय गरिएकाेमा उनीहरुले असहमति जनाएका हुन् ।










