सोलुखुम्बु । सोलुखुम्बुमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् ।

बा ९ च ९६४७ नम्बरको सोलु हाइड्रोको गाडी सडकबाट करिब ४० मिटर तल खास्दा राईको घटनास्थलमै मृत्यु छ ।माइक्रो बसमा सवार अन्य ४ वेपत्ता छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृत्यु हुनेमा साबिक पञ्चन गाविस फेदीकी १९ वर्षीय सरिना राई छिन् । नेपाली कांग्रेस पञ्चन इकाइका सभापति राजन दाहालका अनुसार नेलेबाट हाइड्रोको कार्यालय मैकुवेशीतर्फ जाने क्रममा साबिक पञ्चन–३, कोल्मुमा गाडी दुर्घटना भएको हो ।

उनका अनुसार घाइते ७ जनालाई उपचारका लागि थाप्लु अस्पतालतर्फ पठाइएको छ । अनलाइन खबर बाट