दमक/दमकमा केहि समययता फेरी होटलहरुमा अबैध यौनधन्दा फस्टाउन थालेको बताईएको छ । यसभन्दा अगाडि प्रहरीले कडाइ गरेसंगै दमकमा अबैध रुपमा हुने गरेको यौनधन्दामा कमी आएपनि फेरी मौलाएको बताईएको हो ।

यसमा संलग्नहरु बिस्थापित भएर बाहिर गएकाता पनि अहिले प्रहरीले कडाइ गर्न छाडेपछि उस्तै मौलाएको पाईएको सम्बद्ध श्रोतको भनाइ रहेको छ । होटल ब्यवसायी संघका एक सदस्यका अनुसार अहिले फेरी दमक पुरानै अवस्थामा फर्केको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले केहि समय अघि होटल ब्यवसायी र केहि महिलाहरुलाइ पक्राउ गरेर मुद्धा चलाए जसरी तर्साएको जनाउदै त्यसपछि मौन बस्नु रहस्यमय भएको ति होटल ब्यवसायीको भनाइ छ ।

होटल ब्यवसायी संघ क्षेत्रिय समिति अध्यक्ष राजन दंगालले आफुहरु यस्तो बिकृती रोक्न तयार रहेको जनाउदै प्रशासनलाइ पुर्ण रुपमा सहयोग गर्ने बताए । बिना दर्ता र कोठा भाडामा लिएर होटलजसरी बेश्याबृती चलाउने कार्यले राम्रा होटलहरु बदनाम भएको उनको भनाइ छ ।

यस्ता होटल ब्यवसायीहरुले कहि कर नतिर्ने भएकाले नियमित रुपमा प्रहरीलाइ लाइन बुझाएर यस्तो कार्य गर्नेको आरोप लाग्दै आएको छ । प्रहरीले भने यसैलाइ अस्वीकार गर्ने गरेको छ ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले इलाका प्रहरी कार्यालय दमकमा प्रमुख भएर आएका श्यामल सुब्बालाइ यस्तो गतिबिधिप्रति सचेत गराउदै रोक्न आग्रह गरेकी थिइन् । प्रहरीले केहि दिन तदारुकता देखाएजस्तो गरेपनि अहिले भने होटलहरुले निष्फिक्री रुपमा यौनजन्य गतिबिधिहरु सञ्चालन गरिरहेको जनाइदै आएको छ ।