दाङ- प्यूठानमा एक वडा अध्यक्षले शिक्षलाई कुटेका छन् । झिमरुक गाउँपालिका वडा नम्वर ८ का वडा अध्यक्ष तुलस बस्नेतले स्थानीय शिक्षक सिद्धिमान एमसीलाई कुटेका हुन् ।

विद्यालयमा व्यवस्थापन समितिको बैठक चलिरहेका बेला बस्नेतले आफूलाई कुर्सीले टाउकोमा प्रहार गरेको एमसीले आरोप लगाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शिक्षक एमसी जनता माध्यमिक विद्यालय लिवाङ टिमुरचौरमा चारवर्षदेखि प्राथमिक तहमा कार्यरत रहँदै आएका छन् ।

उनले मंगलबार प्यूठान अस्पताल विजुवार पुगेर आफ्नो उपचार गराएका छन् । टाउकोमा पाँचवटा टाका लगाइएको एमसीलाई डाक्टरले एक सातासम्म आराम गर्न सल्लाह दिएका छन् ।

दशरथ घिमिरे / देश संचार बाट