२१ कार्तिक २०७५ किशोर गौतम / The Duke of Edinburgh's International Award नामक अन्तर्राष्ट्रिय अवार्डका लागि झापामोडल उच्चमवि दमकले आफ्ना विद्यार्थीहरुलाई पदयात्रा गराएको छ । विभिन्न विधामा अध्ययन र सीपविकासका लागि लिईने तालीम र अनुभवका आधारमा प्राप्त हुने सो अवार्डका लागि विद्यालयले पदयात्रा गराएको हो ।

इलामको फिक्कलबाट १४ किलोमिटर दोहोरो पदयात्रा र एक रात क्याम्पिड रहेको सो पदयात्रामा विद्यालयका २८ जना छात्रछात्राहरु र ४ जना शिक्षक प्रशिक्षहरुको को सहभागिता रहेको थियो । पदयात्रामा प्रकृतिको दृश्यावलोकन गर्दै विद्यार्थीहरुले जम्मा १२ घण्टाका पैदल यात्रा सम्पन्न गरेका थिए । यस किसिमको अन्तर्राष्ट्रिय अवार्ड पाउनका लागि गरिने तालीम र पदयात्रा नेपालमा कमै हुने गरेको कुरा विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले वताएका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी अवार्ड ब्रोन्च लेबलको भएकोले सो अवार्डको लागि सहभागीहरुले ६ महिनामा सम्पुर्ण कार्य सम्पन्न गर्नुपर्न्र त्यसपछि सहभागीलाई ब्रिटिश दूतावासले सम्मानित गरि १४४ देशहरूमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गर्ने कुरा सोही विद्यालयकी संथापक सदस्य जस्मिन श्रेष्ठले बताइन ।