प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको तीन सातापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् । तर, कार्यक्रम भने प्रधानमन्त्री निवास बालुवाटारमा नै हुनेछ ।

बुधबार महाकवी लक्ष्मीप्रसाद देवकोटाको एक सय नवौं जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने भएका हुन् । दिउँसो १ बजे बालुवाटारको हलमा हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी बन्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले लक्ष्मी जयन्तीका अवसरमा प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गर्दै बालुवाटारमै साहित्यिक कार्यक्रम हुन लागेको हो । गत कात्तिक ६ गते बिरामी परेदेखि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा उपस्थित भएका छैनन् । कात्तिक ६ गते उनी विद्युतीय बस शुभारम्भ कार्यक्रममा सहभागी भएका थिए ।

ओलीको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई धपेडी नगर्न र सकेसम्म बाहिर हुने कार्यक्रममा नजान सुझाव दिएपछि उनले बालुवाटमार आराम गरिरहेका छन् । दैनिक नेपाल बाट