सेक्सको क्रममा पीडा हुने कारणले धेरै मानिसहरुलाई सेक्सको विषयमा डर लाग्न सक्छ ।

एक नयाँ शोधका अनुसार हरेक १० जना महिलालाई सेक्सको क्रममा पीडा हुने गर्दछ ।

रोयल कलेज अफ अब्सटेट्रीसियन्स र गायनोकोलोजिस्टकी एडी मोरिस भन्छिन्, ‘यो तपाईंको जीवनमा महत्वपूर्ण सुधार गर्ने बेला हो ।’

उनले बीबीसीलाई बताइन्, ‘यो चिन्ता र डर पैदा गर्ने सबैभन्दा ठूलो कारण बन्न सक्छ ।’

१६ देखि २४ वर्षका ती युवती जो पहिलो पटक सेक्सको अनुभव गर्दैछन् वा यस विषयमा चिन्तित छन् भने उनलाई उनी यस्तो सल्लाह दिन्छिन्ः

१. कुरा गर्नुहोस्ः

यदि दुबै पार्टनरको सेक्सको विषयमा भिन्न आशा र रुची छ भने सेक्स पीडादायी हुनसक्छ ।

एडी मोरिस भन्छिन्, ‘आफ्नो पार्टनरसँग भावनात्मक रुपमा झुकाव हुनु महत्वपूर्ण छ किनभने तपाईं पार्टनरसँग निकै खुलेर कुराकानी गर्न सक्नुहुन्छ र आफ्नो समस्या सुल्झाउन सक्नुहुन्छ । ’

‘खुल्लापन, सेक्सको बारेमा कुराकानी, पूरा समय लिनु र सामिप्यतालाई भरपूर आनन्द लिँदा सहयोग हुन्छ ।’

२. गर्भनिरोधको बारेमा चर्चाः

यौन संक्रमण, रोग वा गर्भवती हुने विषयमा तपाईंलाई चिन्तित हुन सक्नुहुन्छ ।

र महिला मात्र यो विषयमा समस्या हुँदैनन् ।

दुबैको लागि के राम्रो हुन्छ त्यस विषयमा एक–अर्कासँग सल्लाह गर्नका लागि एडी सल्लाह दिन्छिन् ।

‘जुन गर्भनिरोधी माध्यमलाई तपाईं दुबैले प्रयोग गर्दै हुनुहुन्छ त्यस निश्चिन्त हुनुहोस् र सम्बन्धको भरपूर आनन्द लिनुहोस् ।’

३. चिन्ताबाट बच्नुहोस्ः

‘यदि पीडादायी सेक्स एक वा दुईपटक मात्र भएको छ भने चिन्ता गर्नुपर्ने केही छैन, विशेषगरी यदि तपाईंको अनुभव राम्रो भइरहेको छ भने ।’

४‍. ‍मेडिकल सल्लाह लिनुहोस्ः

‘यदि सेक्सको क्रममा पीडा मात्र भइरहन्छ भने स्वास्थ्य परामर्श लिनु महत्वपूर्ण छ । तपाईंलाई पीडाको कारण थाहा पाउन पनि यो महत्वपूर्ण छ ।

प्रतिक्रिया

सम्बन्धित खवर