सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा पिकअप भेन दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै ७ जना घाइते भएका छन् ।बुधबार थुलुङ दुधकोशी गापा–३, पञ्चनस्थितमा नेलेबाट पञ्चन मैखुतर्फ जादै गरेको साहास उर्जा कम्पनी लिमिटेडको बा ९ च ९६४७ नंम्बरको पिकअप भेन कच्ची सडकबाट पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा सोही स्थानकी १९ वर्षीया सरिना राईको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको प्रहरीले जानएको छ। टिभी अन्नपूर्ण बाट











