काठमाडौं, २२ कात्तिक । तिहारमा भार्इटीका लगाउने उत्तम साइत शुक्रबार ११ बजेर ५५ मिनेट भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका सदस्यसचिव डा।सूर्य ढुंगेलका अनुसार मनुष्यको पूजा मध्याह्न कालमा गरिन्छ, सोहीअनुसार साइत खोज्दा दिउँसो ११ बजेर ५५ मिनेटमा उत्तम साइत निस्किएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘यो समय शुभ छ, अभिजित मुहूर्त भएकाले सबै दोष नाश गर्ने उक्त समयमै भाइटीका लगाउनु उत्तम हुन्छ तर त्यसपछिको समयमा पनि टीकालाई साइत हुन्छ’, उनले भने, नभ्याउनेले त्यसपछि पनि लगाउन सक्छन् ।’

भार्इटीका लगाउनुअघि दियो, कलश र गणेशको, त्यसपछि अष्टचिरञ्जीवी र त्यसपछि यमराज–यमुनाको पूजा गर्ने चलन छ । भार्इटीकामा भाइको जीवन रंगमय होस् भनी निधारमा सप्तरंगी टीका लगाउने गरिएको ढुंगेलको भनाइ छ ।