दमक/संघीय समाजबादी फोरमका केन्द्रिय राजनीतिक सदस्य प्रविण चाम्लिङले सरकारले संबिधान शंशोधन नगरेर र सरकारमा जानु अघि भएको सम्झौता कार्यन्वयन नभए आफ्नो पार्टी सरकारबाट बाहिरने चेतावनी दिएकाछन् । उनले जनताको सम्बृद्धीको चाहाना र जन अपेक्षा अनुसार सडक एवं सदनबाट नै आफ्ना माग राख्न उपयुक्त हुन भएकाले आफुहरु सरकारमा गएको समेत बताए ।
सङ्घीय प्रेस फोरम झापाले दमकमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले फोरमलाइ क्षेत्रिय तथा जातीय पार्टी भनेर नभन्न पनि आग्रह गरेकाछन् । अरुपार्टीहरु भन्दा आफुहरु समाबेशी भएको भन्दै उनले क्षेत्रिय पार्टी भनेर प्रचार हुनु सुहाउदो नभएको उनको दाबी थियो । राज्य सञ्चालनको हिसावले अहिले आफुहरु दोस्रो ठुलो शक्ति रहेको उनको भनाइ थियो ।
सङ्घीय प्रेस फोरम झापाका अध्यक्ष देशराज नेम्बाङको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हरिदेवी राई, प्रदेश नं १ सदस्य धिरेन लावती, ओममाया आङदेम्बे, लिम्बुवान प्रदेश सदस्य सुशिल राई, गंगा शेर्मा, नगर सचिव खेम दाहाल, नेपाल पत्रकार महासंघ प्रदेश नंं १ का सदस्य विमल लामिछाने, नेपाल प्रेस युनियनका झापा जिल्ला उपाध्यक्ष गिरिराज भट्टराई, प्रेस सेन्टर झापाका अध्यक्ष टिकाराम उप्रेती, पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वडादशै, दिपावली, छठवर्प, नेपाल सम्वत्, साकेला उधौली चाडको अवसरमा आयोजित कार्यक्रमा बोल्दै सङ्घीय प्रेस फोरमका उपमहासचिव कमन देवानले संगठनको राष्ट्रिय सम्मेलन आगामी मंसिरमा हुने बताएका थिए ।










