प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष बालुवाटारमै भाइटीका लगाउने भएका छन्।

भाइटीकाका लागि उनका दुई बहिनी बालुवटार अइपुगेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीलाई टीका लगाइदिन चितवनबाट जेठी बहिनी विष्णुमाया ढकाल र काँकडभिट्टाबाट माहिली बहिनी कौशिला ओली बिहीबार बालुवाटार आइपुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले नेपालखबरलाई बताए ।

गत साता स्वास्थ्यमा गडबडी भएपछि प्रधानमन्त्री बालुवाटारमा आराम गरेर बसिरहेका छन्। सचिवालय स्रोतकाअनुसार उनी करिब एक साता बालुवाटारभित्रै विभिन्न मन्त्रालयका फाइलहरु अध्ययन गरेर बस्ने छन्।

विशेष कामले उच्च पदस्त सरकारी अधिकारसँग भेट गर्ने बाहेक उनी अन्य कनै कार्यक्रममा सहभागी भएका छैनन्।