काठमाडौं । नेकपा एमालेले प्रादेशिक संरचनामा सबै पार्टी कमिटीहरुलाई पुनगर्ठन गर्ने क्रममा १४ ओटा अञ्चल सम्पर्क कमिटीहरु विघटन गरेको छ ।

एमालेले उपत्यकाका तीन जिल्ला बाहेक ७२ जिल्ला सम्पर्क मञ्च समेटेर ७ ओटा प्रादेशिक सम्पर्क कमिटी गठन गरेको छ ।

एमाले केन्द्रीय कार्यालयमा बसेको विभागको बैठकले प्रदेश नम्बर ४ बाहेक अन्य ६ ओटा प्रदेशक सम्पर्क कमिटीलाई पूर्णता दिएको हो । प्रदेश नम्बर ४ को हकमा केही दिनमा संयोजक र सहसंयोजक चयन हुने केन्द्रीय सम्पर्क विभागका इन्चार्ज छबिलाल विश्वकर्मले बताए ।

एमालेले प्रदेश नम्बर १ को संयोजकमा इन्द्र भण्डारी र सहसंयोजकमा नन्दकुमार राईलाई जिम्मेवारी दिएको छ । भण्डारी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव हुन् ।

त्यस्तै प्रदेश नम्बर २ को संयोजकमा बिल्टु यादव र सहसंयोजक दिवाकर राज भट्टराई तोकिएका छन् । प्रदेश नम्बर ३ को संयोजक श्यामकुमार बस्नेत र सहसंयोजक अशोककुमार ठकुरी चयन भएका छन् ।

प्रदेश नम्बर ५ को संयोजकमा थानेश्वर बस्याल र सहसंयोजक भोजविक्रम बुढामगर चयन भएका छन् ।

त्यस्तै प्रदेश नम्बर ६ को संयोजकमा तुलाराज सिम्खडा छन् भने प्रदेश नम्बर ७ को संयोजकमा शिव ठकुल्ला र सहसंयोजक प्रेमराज भट्टलाई जिम्मा दिइएको एमालेले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah