काठमाडौँ। अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। नेपाल आइडल २५ औँ एपिसोडसम्म आइपुग्दा हजारौं प्रतिस्पर्धीबाट नेपाल आइडलले आफ्नो टप ८ प्रतिस्पर्धी पाएको छ। नेपाल आइडल २ हरेक हप्ताको दुई दिन बिहीबार र शुक्रवार राती ८ः३० बजे एपिवान एचडीबाट प्रसारण भइरहेको छ।

बिहीबार प्रसारित नेपाल आइडलमा टप ८ प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिए। उक्त एपिसोडमा रक र पप गीतलाई थिमको रुपमा लिइएको थियो। थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो प्रसारित एपिसोडमा गोल्डेन माइक विजेता सुमित पाठकले एकपटक फेरि आफ्नो आवाजको जादु छरे। धेरै जसो नेपाली आधुनिक र सुगम गीतमा आफ्नो प्रस्तुति दिने सुमित पाठकले हिजो प्रसारित एपिसोडमा रक गीत गाएर आफू जस्तो सुकै गीत गाउन पनि सक्षम रहेको देखाए। उनले द श्याडोज नेपालको गीत 'नयाँ नेपाल' गाउँदा जज इन्दिरा जोशी अचम्भित परेकी थिइन्। हेर्नुस् उनको प्रस्तुति

https://youtu.be/suShGeg68BA

डिसी नेपाल बाट