दैलेख– दैलेखमा जुवाडे र प्रहरीबीच झडप हुँदा इन्सपेक्टरसहित दुई प्रहरी घाइते भएका छन् ।

दुल्लु नगरपालिकको मुख्य बजारमा जुवा खेल्ने समूह र प्रहरीबीच झडप हुन पुगेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झडपमा इलाका प्रहरी कार्यालय दुल्लुका इन्सपेक्टर बजीरसिंह बिष्ट र सहायक निरीक्षक सुजन खड्का घाइते भएका छन् । उनीहरुको दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रवार राति उनीहरुलाई नियन्त्रणमा लिन त्यहाँ पुग्दा जुवाडेले अवरोध पुर्याएपछि सो झडप हुन पुगेको बताइएको छ ।