नयाँ दिल्ली : दीपावलीको उत्ससव चलिहरेका बेला एक ३ वर्षीय बालिकाको मुखमा हालेर पटका पड्काएको घटना सार्वजनिक भएको छ । गत सोमबार राति तीन वर्षीया बालिका आयुषी घरमा खेलिरहेका बेला उनकै गाउँका एक युवक हरपालले उनको मुखमा राखेर पटका पड्काइ दिएका हुन् ।
बालिका खेलिरहेका बेला जबरजस्ती घरमा छिरेका उनले बालिकालार्इ समातेर उनको मुखमा पटाका राखी विस्फोट गराइदिएका हुन् ।
भारतको उत्तर प्रदेश राज्यस्थित मेरठ जिल्लाको सरधना प्रहरी कार्यालय क्षेत्रको मिलक गाउँमा तीन वर्षीया नाबालिकाको मुखमा पटका फोडिएको समाचार सार्वजनिक भएको हो । बालिकाका पिताले उजुरी दिएपछि आरोपीविरूद्ध हत्याको प्रयासमा मुद्धा चलाइएको छ।
प्रहरी कार्यालयका अधिकारी प्रशान्त कपिलका अनुसार पटका विस्फोट हुँदा बालिका गम्भीर घाइते भएकी छन् । उनका अनुसार परिवारले उजुरी दिएपछि आरोपी हरपालविरूद्ध ज्यान मार्ने प्रयासमा रिपोर्ट दर्ता गरेर उसको खोजी भइरहेको छ।
हरपालले घरभित्र छिरेर पटका विस्फोट गराएको आवाज सुनेपछि उनको परिवारका सदस्य आत्तिँदै आएका थिए। परिवारका सदस्यले नाबालिका आयुषी पीडाले छट्पटिरहेको अवस्थामा देखे ।
उनलार्इ तत्कालै नगरको ईश्वर नर्सिङ्ग होममा लगेर गए । जहाँ डाक्टरले उनको उपचार गरिरहेका छन् । घटनापछि बालिकाको अनुहारमा गहिरो चोट लागेको छ। उनको अनुहारमा आधा दर्जन भन्दा धेरै टाँका लगाइएको छ । उनको अवस्था पनि चिन्ताजनक छ।
पुलिसका अनुसार मिलक गाउँ निवासी शशिपालकी छोरी आयुषी सानो दीपावली साँझ आँगनमा खेलिरहेकी थिइन् । त्यहीबेला गाउँका हरपाल उनको घरमा पसे ।
उनले बालिकालार्इ चक्लेट दिने बहानामा आयुषीको मुखमा पटका राखिदिएर आगो सल्काइदिए । पटका पड्किँदा आयुषी गम्भीररूपमा घाइते भएकी छन् । घटनापछि आरोपी हरपाल त्यहाँबाट भागेका छन् । परिवारजनले आयुषीलार्इ लिएर तत्काल अस्पताल पुर्याए, त्यहाँ उनको अहिले चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । अन्नपूर्ण पोस्ट बाट










