रामेछाप, २४ कात्तिक – मन्थली नगरपालिका–७, भटौलीमा केटी भगाएको विषयमा दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएका छन् । घाइते आठै जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइते हुनेहरुमा सन्तोष माझी, पूर्णवहादुर माझी, समिर माझी, मिलन माझी, सन्तोष माझी र खेमवहादुर माझी, सोममाया माझी, चन्द्रमाया माझी छन् । घाइते सबैलाई उपचारका लागि काठमाण्डुस्थित नर्भिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइते मध्ये धेरैको टाउकोमा चोट लागेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनापछि बलबहादुर माझी, चित्रे माझी, दिलीप माझी, भक्तवहादुर माझी, बमबहादुर माझी, जय माझी, सोमबहादुर माझी र विष्णु माझीलाई पक्राउ गरेको छ ।

उनीहरुमध्ये ४ जनालाई सिन्धुलीको खाल्टेबाट पक्राउ गररिएको र ४ जनालाई आफ्नै गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय युवतीलाई भगाएर विवाह गरेको विषयमा दुई पक्षबीच भएको विवादले उग्र रुप लिँएपछि झडप भएको बताइएको छ । काठमान्डू टुडे बाट