रुकुम- रुकुम (पश्चिम)को आठविसकोट नगपालिकाका एक वडाध्यक्ष घाइते भएका छन्। नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक घाइते भएको प्रहरीले जानकारी दिएको छ।

तिहारको अवसरमा गाउँमा सञ्चालन भएको स्थानीय मेलामा विवाद हुँदा युवाहरुको आक्रमणबाट वडाध्यक्ष विक घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले जानकारी दिएको छ। स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले एक राउन्ड हवाईफायर गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कुटपिट बढ्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिनको लागि हवाईफायर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। पुरानो रिसिइबीका कारण वडाध्यक्षमाथी हातपात भएको हुनसक्ने प्रहरीको अनुमान छ। घाइते वडाध्यक्ष विकको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ। नागरिक न्यूज बाट